नियम ४१
सहयोग र समन्वय
मन्त्रिपरिषद्का सदस्यहरु र मन्त्रालयका सचिवहरुले आ—आफ्नो कार्यक्षेत्र भित्र रही आपसमा
वा अन्य पदाधिकारीहरुसँग सहयोग र समन्वयको भावनाले काम गर्नु पर्नेछ र आ—आफ्नो मातहतका कार्यालय
वा अधिकारीहरुको कार्यक्षेत्रमा अनावश्यक हस्तक्षेप गर्न वा काममा वाधा पार्न हुँदैन ।